
शब्द घरले विभिन्न क्षेत्रमा भएका प्रयासलाई शब्द मार्फत बाहिर ल्याउने जमर्को गरेको छ । जुन विषय ‘अनटोल्ड स्टोरी’ का रूपमा छन्, जसलाई न भोग्नेले सुनाउन वा लेखाउन चाहन्छ, न त सोध्नेले नै सोध्छ । न सोध्न आवश्यक नै छ भन्ने ठान्छ उसले । त्यस्ता विषयहरू हाम्रो प्राथमिकतामा पर्छन् ।
शब्द घरले व्यक्तिगत तथा संस्थागत पुस्तक लेखन, श्रब्य दृश्य सामग्री उत्पादन तथा स्मारिका तयार पार्नेलयायतका काम गर्छ ।
अनुसन्धान यो संस्थाको अर्काे मूल कार्य क्षेत्र हो । यसले समाजमा सुन्न नखोजिएका, नसुनिएका वर्ग–समुदायको आवाजलाई अभिलेखिकरण गर्ने प्रयास गर्दछ ।
भनिन्छ, भजन गाउने ओठहरू भन्दा सेवा गर्ने हातहरू महान हुन्छन् । कोरोना भाइरस (कोभिड—१९) बाट संक्रमितहरूको उपचारमा अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मी, नागरिक समाजका अगुवा, सुरक्षाकर्मी, जनप्रतिनिधिहरु सम्माननीय हुनुहुन्छ । आदरणीय हुनुहुन्छ । उहाँहरूको सम्मानका लागि शब्द घरले सुरु गरेको सम्मानको श्रृंखलाबाट शब्द घरका अन्य श्रृंखला क्रमशः आउने छन् ।
No comments:
Post a Comment