अनुभव श्रृंखला
नविन विक
एनआरएनए, केन्द्रीय सदस्य, चीन
डिसेम्बर महिनाको २६ तारिखमा चीनको हुवे प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण अहिले यहाँ स्थीर अवस्थामा रहेको छ । जिम्मेवार सरकार र आज्ञाकारी जनता भएकै कारण चीनमा कोरोना संक्रमण निश्चित विन्दुमा पुगेपछि नियन्त्रण भएको हो ।
कोरोना नियन्त्रणका लागि सरकारले लागू गरेका नियमहरू जनताले अक्षरश पालना गरे । कडासँग लागू गरेको लकडाउनमा उनीहरू घरबाट बाहिर निस्केनन् । सरकारले आफ्ना नागरिकलाई जवाफदेही बनाउन मोवाइलबाट उ कहाँ–कहाँ गयो, भनेर टे«सिङ ग¥यो । मोवाइल एप्समार्फत् गरिएको यो निगरानीले जनतालाई सचेत र जिम्मेवार बनाउन मद्दत ग¥यो । कोरोना नियन्त्रणका लागि यो एउटा महत्वपूर्ण अस्त्र बन्यो । सरकारले तोकेको समयमा बाहिर निस्कँदा पनि जनता मास्कसहित बाहिर निस्के । सामाजिक दूरी र स्यानिटाइजर प्रयोगलाई प्राथमिकतामा राखे । सावधानीपूर्वक अत्यावश्यक काममा निस्किएकाहरूले आवश्यक सामग्री एकैपटक किनेर ल्याउँथे । ती खाद्य सामग्रीको प्रयोग मितव्ययी तरीकाले गर्थे । वडा अध्यक्षहरू घर–घरमा पुग्थे । मास्क, स्यानिटाइजरहरू लिएर जान्थे । अवस्था बुझ्थें । चीन सरकार यतिसम्म संवेदनशील भयो कि, कोरोना देखिएको एक सातामा एक हजार शैय्याको अस्पताल निर्माण ग¥यो । चीन सरकारले ६–७ दिन हजार शैय्याको अस्पताल बनायो ।
कोरोना संक्रमण फैलिएको ठाउँमा सरकारले अन्य ठाउँका चिकित्सक र स्वास्थ्यकर्मी ल्याएर सेवा दिने प्रबन्ध मिलाएको थियो । सरकारले चिकित्सक र स्वास्थ्यकर्मीको कमी हुन दिएन । जो जागिरमा थिए, उनीहरूको मेडिकल बिमा गरिएको थियो । यो बिमाले उपचारमा भरथेग ग¥यो । अहिले स्कुल कलेजहरू खुलेका छन् । व्यवसायहरू पनि खुलेका छन् । चीनको आन्तरिक व्यापार पनि एकदमै ठूलो छ । अब ती सब नियमित हुन थालेका छन् । अहिले अवस्था सामान्य हुँदै गएको छ । मास्क नलगाइकन हिँड्छन् नागरिकहरू । अब कोरोनाको डर बिस्तारै हराउँदै गएको छ । समूहमा हिँड्डुल गर्ने, रेष्टुराँ जाने, खानपिनका लागि बस्ने जस्ता काम भइरहेका छन् । क्लब जाने, नाचगान गर्ने गर्छन् । अहिलेको अवस्था हेर्दा, यस्तो लाग्दैन कि चीनमा कोरोना भाइरसका कारण लामो समय लकडाउन गरेको थियो ।
सरकारले व्यवसाय सञ्चालन गर्न ऋण वा सहुलियत केही दिएन । सबैले अ–आफ्नै क्षमताको आधारमा लगानी गरे । र, व्यवसायलाई अघि बढाए । अप्ठ्यारोमा परेकालाई सरकारले उद्धार गरेर खाने बस्ने व्यवस्था गरेको थियो । नेपालीहरू खासै समस्यामा परेका थिएनन् । समस्यामा परेकालाई खानाको व्यवस्था गरिएको थियो । फोन गरेर समस्या बुझ्ने काम गरेको थियो । जुन प्रान्तमा कोरोनाको संक्रमण धेरै फैलिएको थियो, त्यो प्रान्तबाट अर्को प्रान्तमा जान हेल्थ सर्टिफिकेट लिएर जानुपथ्र्यो । कडिकडाउ थियो । सोधपुछ गरिन्थ्यो ।