Saturday, September 5, 2020

प्रविधि प्रयोग गरेर कोरोना नियन्त्रण

अनुभव श्रृंखला 


नविन विक
एनआरएनए, केन्द्रीय सदस्य, चीन 

डिसेम्बर महिनाको २६ तारिखमा चीनको हुवे प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण अहिले यहाँ स्थीर अवस्थामा रहेको छ । जिम्मेवार सरकार र आज्ञाकारी जनता भएकै कारण चीनमा कोरोना संक्रमण निश्चित विन्दुमा पुगेपछि नियन्त्रण भएको हो । 

कोरोना नियन्त्रणका लागि सरकारले लागू गरेका नियमहरू जनताले अक्षरश पालना गरे । कडासँग लागू गरेको लकडाउनमा उनीहरू घरबाट बाहिर निस्केनन् । सरकारले आफ्ना नागरिकलाई जवाफदेही बनाउन मोवाइलबाट उ कहाँ–कहाँ गयो, भनेर टे«सिङ ग¥यो । मोवाइल एप्समार्फत् गरिएको यो निगरानीले जनतालाई सचेत र जिम्मेवार बनाउन मद्दत ग¥यो । कोरोना नियन्त्रणका लागि  यो एउटा महत्वपूर्ण अस्त्र बन्यो । सरकारले तोकेको समयमा बाहिर निस्कँदा पनि जनता मास्कसहित बाहिर निस्के । सामाजिक दूरी र स्यानिटाइजर प्रयोगलाई प्राथमिकतामा राखे । सावधानीपूर्वक अत्यावश्यक काममा निस्किएकाहरूले आवश्यक सामग्री एकैपटक किनेर ल्याउँथे । ती खाद्य सामग्रीको प्रयोग मितव्ययी तरीकाले गर्थे । वडा अध्यक्षहरू घर–घरमा पुग्थे । मास्क, स्यानिटाइजरहरू लिएर जान्थे । अवस्था बुझ्थें । चीन सरकार यतिसम्म संवेदनशील भयो कि, कोरोना देखिएको एक सातामा एक हजार शैय्याको अस्पताल निर्माण ग¥यो । चीन सरकारले  ६–७ दिन हजार शैय्याको अस्पताल बनायो । 

कोरोना संक्रमण फैलिएको ठाउँमा सरकारले अन्य ठाउँका चिकित्सक र स्वास्थ्यकर्मी ल्याएर सेवा दिने प्रबन्ध मिलाएको थियो । सरकारले चिकित्सक र स्वास्थ्यकर्मीको कमी हुन दिएन । जो जागिरमा थिए, उनीहरूको मेडिकल बिमा गरिएको थियो । यो बिमाले उपचारमा भरथेग ग¥यो । अहिले स्कुल कलेजहरू खुलेका छन् । व्यवसायहरू पनि खुलेका छन् । चीनको आन्तरिक व्यापार पनि एकदमै ठूलो छ । अब ती सब नियमित हुन थालेका छन् । अहिले अवस्था सामान्य हुँदै गएको छ । मास्क नलगाइकन हिँड्छन् नागरिकहरू । अब कोरोनाको डर बिस्तारै हराउँदै गएको छ । समूहमा हिँड्डुल गर्ने, रेष्टुराँ जाने, खानपिनका लागि बस्ने जस्ता काम भइरहेका छन् । क्लब जाने, नाचगान गर्ने गर्छन् ।  अहिलेको अवस्था हेर्दा, यस्तो लाग्दैन कि चीनमा कोरोना भाइरसका कारण लामो समय लकडाउन गरेको थियो । 

सरकारले व्यवसाय सञ्चालन गर्न ऋण वा सहुलियत केही  दिएन । सबैले अ–आफ्नै क्षमताको आधारमा लगानी गरे । र, व्यवसायलाई अघि बढाए । अप्ठ्यारोमा परेकालाई सरकारले उद्धार गरेर खाने बस्ने व्यवस्था गरेको थियो । नेपालीहरू खासै समस्यामा परेका थिएनन् । समस्यामा परेकालाई खानाको व्यवस्था गरिएको थियो । फोन गरेर समस्या बुझ्ने काम गरेको थियो । जुन प्रान्तमा कोरोनाको संक्रमण धेरै फैलिएको थियो, त्यो प्रान्तबाट अर्को प्रान्तमा जान हेल्थ सर्टिफिकेट लिएर जानुपथ्र्यो । कडिकडाउ थियो । सोधपुछ गरिन्थ्यो ।




No comments:

Post a Comment