Friday, May 22, 2020

घर पठाउनुअघि वडाअध्यक्षलाई खबर गर्छौै

सम्मानको श्रृंखला 


डा.हरिबहादुर खड्का 


मेडिकल सुपरिटेन्डेन्ट, हेटौंडा प्रादेशिक अस्पताल
हेटौंडा प्रादेशिक अस्पतालमा मैले कोरोना युनिट संयोजकको जिम्मेवारी सम्हालिरहेको छु । कोरोना बिरामीको उपचार र अन्य रोगका बिरामीको उपचारमा खट्नु पर्दा व्यस्तता चुलिएको छ । कुन बेला कहाँ पुग्नुपर्छ, त्यो थाहा हँुदैन । कतिखेर कस्तो निर्णय गर्नुपर्छ, त्यस बारे पनि हामी अनभिज्ञ नै हुन्छौं । जुन बेला जे आइपर्छ, समूहमा छलफल गरेर निर्णय गर्ने हो । नेपालले मात्रै होइन, विश्वले नै खेपिरहेको यो महामारीमा हामी काम गर्दै सिक्दैको अवस्थामा छौं ।
यहाँ कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र सम्पूर्ण कर्मचारीको उच्च मनोबल र टिम वर्कले यो संभव भएको हो ।
अस्पतालको भवन अहिले निर्माणाधिन अवस्थामा छ । अन्य सेवा पनि सञ्चालन गर्नुपर्ने भएकाले अस्पतालमा नै आइसोलेनस वार्ड बनाउन पुग्ने ठाउँ भएन । त्यसैले, अस्पताल भन्दा केही पर कररा भन्ने ठाउँमा रहेको श्रमिक माध्यमिक विद्यालयमा आइसोलन वार्ड बनाएका छौं । विद्यालय भएकाले त्यहाँ फराकिलो ठाउँ छ । बिरामीलाई सकेसम्म सबै खालका सुविधा पु¥याएका छौं ।
आइसोलेन वार्डमा ३० वेड छन् । यहाँका अन्य निजी अस्पतालसँग समन्वय गरेर प्राविधिक काम हेटौंडा अस्पतालले नै सम्हालिरहेको छ । चिकित्सक, नर्स तथा प्रयोगशालाका जनशक्तिहरू हेटौंडा अस्पतालका नै हुनुहुन्छ । अन्य कर्मचारी नगरपालिकाले उपलब्ध गराएको छ ।
आइसोलेसन वार्डमा अहिले दुई सय भन्दा बढी कोरोना संक्रमित शंका लागेका बिरामी हुनुहुन्छ । हेटौंडा बारा, पर्सासँग जोडिएको जिल्ला भएकाले कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाहरूलाई पनि आइसोलेसन वार्डमा राखेका हौं ।
चैतको २१ गतेबाट कोरोना क्लिनिक सुरु ग¥यौं । कोरोना क्लिनिकमा जचाउन आउनु भएकाहरूलाई कोरोनाको जस्तो लक्षण देखिएमा वा शंका लागेकाहरूलाई एम्बुलेन्समा राखेर आइसोलेसन वार्डमा पु¥याउँछौं । उक्त क्लिनिकबाट नौसय ५० जनाले सेवा लिइसक्नु भएको छ ।
आइसोलेसन वार्डमा राखिएकाहरूको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उहाँहरूलाई घर पठाउँछौं । घर पठाउँदा उहाँहरू बसोबास गर्दै आउनु भएका वडाको सम्बन्धित वडाअध्यक्षलाई खबर गर्छांै । पालिकाका प्रमुखलाई पनि खबर गर्छौ । यसो गर्नुको उद्देश्य भनेको आइसोलेसनमा बसेकाहरूको अवस्थाबारे स्थानीय अपडेट हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । आरटीडी परीक्षणपछि गएका बिरामीलाई घरमा बस्दा अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धी नियमहरू बुझाएर पठाउँछौं । अस्पतालकै गाडीले घरसम्म पु¥याउने व्यवस्था मिलाएका छौं ।
आइसोलेसनमा बसेकाहरूको पीसिआर टेस्ट ग¥यौं । हालसम्म कसैको पनि पोजेटिभ रिपोर्ट आएको छैन । आइसोलेसन वार्डमा बसेका बिरामीको सहयोगले हामीलाई काम गर्न हौसला मिलेको छ । एक दुईजना बिरामीमा मानसिक समस्या रहेछ । उहाँहरू आइसोलेसन छाडेर हिँड्नु भयो । त्यत्तिखेर हामीलाई एकदमै समस्या भएको थियो । आइसोलेसनमा राखेका कोरोना संक्रमणको शंका लागेका बिरामीले त्यहाँबाट भोगेर हिँड्दा समुदाय त्रसित थियो । आइसोलेसनबाट भाग्ने बिरामीहरूमा मानसिक समस्या रहेछ । उहाँहरूलाई फेरि आइसोलेसनमा फर्काउन प्रहरीलाई अनुरोध गर्नु प¥यो । त्यस्तो समस्या भए नभएको पहिला नै थाहा पाउन सके उपचारको उपायमा पनि विविधता ल्याउन सकिन्छ । समस्या थाहा नहुँदा उपचारमा समस्या हुँदो रहेछ ।
अहिले नेपालमा संक्रमणको दर दिनप्रति दिन बढ्दै गएको छ । यो अवस्थामा सरकारलाई जनताले सहयोग गर्नुपर्छ । त्यसैगरी अस्पतालमा काम गर्ने चिकित्सकलाई बिरामीले गर्ने सहयोग महत्वपूर्ण हुन्छ । जोखिम मोलेर काम गरिरहेका हामीलाई बिरामीले गर्ने सहयोग नै हाम्रो लागि ऊर्जा हो । अर्को कुरा, सरकारले लागू गरेको लकडाउनको पालना अहिलेको अर्को महत्वपूर्ण आवश्यकता हो । आत्तिने होइन संयमित भएर सुरक्षा सर्तकता अपनाउनु पर्छ ।
कोरोना संक्रमितलाई टाढा पठाउनु भन्दा सबैभन्दा नजिकको अस्पतालमा उपचार गर्नुपर्छ । त्यसो हुँदा संक्रमण फैलन संभावना कम हुन्छ । समुदायमा फैलन सुरु गरेको कोराना संक्रमणको गतिलाई फैलन नदिन प्रत्येक पालिकामा एउटा कोरोना अस्पताल निर्माण गर्नुपर्छ ।





No comments:

Post a Comment