Sunday, June 14, 2020

अप्ठ्यारोमा प्रवासबाट सधैं सहयोग

अनुभव श्रृंखला  



               विमल सुवेदी 

   मानार्थ सदस्य, गैरआवासीय नेपाली संघ 

   अन्तर्राष्ट्रिय समन्वय परिषद् 


कसैको रहर सानैदेखि विदेश जाने हुन्छ । त्यो रहर कहिले काहीं आवश्यकताले उत्पन्न हुन्छ, त कहिले काहीं बाध्यताका कारण पनि रहर जगाउनु पर्ने अवस्था आइपर्छ । तर, मलाई विदेश बाध्यताले ल्याइपु¥यो । लेखपढ गरेको मान्छे देशमा नै बस्नुपर्छ भन्ने मान्यता थियो । तर, जीवन सोचे जस्तो नहुने रहेछ । माओवादी आन्दोलन उत्कर्षमा पुगेको थियो । सामाजिक र राजनीतिक गतिविधिमा संलग्न थिएँ । 
हुलमुलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु भने झैं नेपालमा बस्दा जीउ जोगाउन संभव होला भन्ने लागेन । त्यसैले १६ वर्ष अघि कास्कीबाट कतार आएको हँु । कतारको एउटा ट्राभल एजेन्सीमा एकाउन्ट हेर्छु । जहाँ बसे पनि मातृभूमिप्रतिको भावना, माया, पे्रम र सद्भाव सधैं उस्तै छ । उस्तै रहनेछ । 
कतार आएको डेढ दशक भयो । यस्तो माहामारीले विश्व नै लकडाउन होला भनेर कुनै दिन पनि सोचेको थिइन् । देशै पिच्छेका समस्या, महामारी, विपत्ति देख्दै, सुन्दै आएको हुँ । तर, विश्वले नै यो अवस्था भोग्ला भन्ने मनको अन्तर कुन्तर कतै थिएन । कतारमा अहिले कोरोना भाइरस संक्रमण घट्दो अवस्थामा छ  । फेब्रअरी १५ पछि यहाँ संक्रमण देखिन थाल्यो । कतार सरकारले मार्च नौबाट सेमी लकडाउन सुरु गरेको थियो । ठूला ठूला सपिङ मल, रेल स्टेसनहरू बन्द भए । सामान्य जीवन यापनका लागि आवश्यक पर्ने क्षेत्र बन्द भएको थिएन । 
सामाजिक दूरी कायम गर्ने, मास्क लगाएर हिँड्ने, एउटा मोटरमा तीन जनासम्म हिड्ने पाउने नियम लागू गरेको थियो । अर्को महत्वपूर्ण कुरा के भने, कतार सरकारले कोरोनो टेष्टलाई तीव्रता दियो । दुई लाखको कोरोना टेष्ट गरिएको थियो । साठी हजारमा कोरोना संक्रमण देखियो । चालिस हजार मानिस निको भएर घर गएका छन् । रिकभरी रेट एकदमै राम्रो छ । 
चालीस हजार मानिसहरू निको भएका छन् । राज्यले जे जति नियमहरू लागू गरेको थियो सरकारले ती सबै नियमको यहाँका जनताले अक्षरश पालना गरे । सामाजिक दूरी कायम गरेर काम भइरहेको छ । जनजीवन अहिले सामान्य तर्फ उन्मुख भइरहेको छ । कतार सरकारले जुन १५ बाट लकडाउन खुकुलो बनाउँदै लगेर अगस्ट १५ सम्म सबै खुकुलो बनाउने सूचना जारी गरेको छ । कतार सरकारको सबैभन्दा राम्रो पक्ष भनेको सबैलाई एउटा व्यवहार हो । न अस्पतालमा फरक व्यवहार गरेको छ । न त, क्वारेन्टिनमा नै । संक्रमित हुनेमा न यति स्वदेशी भनेको छ, न त विदेशीको संख्या तोकेको छ । यस्तो गर्नु भनेको समान व्यवहार हो । आफ्नो नागरिक र विदेशी नागरिकमा फरक व्यवहार गरेको छैन । नेपालमा म, मेरो मान्छे, आफ्नो मान्छे भनेर व्यवहार गरिन्छ, तर यहाँ यस्तो व्यवहार पाइएन । 

अप्ठ्यारोमा सधैं जुट्ने हामी 

कोरोना भाइरसबाट संक्रमित भएका, अप्ठ्यारोमा परेका र जोखिममा परेकाहरूलाई हामीले एकद्वार प्रणाली मार्फत सहयोग ग¥यौं । विभिन्न सघं संस्थाहरूबाट उठाएको रकमबाट खरिद गरेको सामग्र दूतावास मार्फत वितरण गरेका छौं ।
गल्फ कन्ट्रीमा काम गर्ने नेपालीहरूले भोग्ने समस्या एकै खालका छन् । उनीहरू नेपाल फर्कन चाहन्छन् । समस्याग्रस्त नेपालीलार्ई कसरी नेपाल फर्काउन सकिन्छ भन्ने सन्दर्भमा पूर्व श्रममन्त्री रमेश लेखकसँग छलफल ग¥यौं । त्यो छलफलले यहाँको अवस्था बुझनका लागि थप मद्दत ग¥यो । 
छलफलको निष्कर्षसहित रमेश लेखकले परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूलाई भेट्नु भयो । त्यो भेटपछि नेपाल सरकारले २५ हजार नेपालीलाई नेपाल फर्काउने प्रतिबद्धता व्यक्त गरेको छ । भलै, त्यो निर्णय कार्यान्वयन भएको छैन । तर, त्यो प्रतिबद्धताले कतारमा भएका नेपालीको आत्मबल बढेको छ । त्यो आत्मबलले कोरोनाविरुद्ध लड्ने शक्ति प्राप्त भएको छ । सरकार प्रतिको विश्वास जागेको छ । यो सकारात्मक पक्ष हो । यसबाहेक हामीले नवलपरासीमा रहेका मजदूरी गर्ने वर्ग र गरिब तथा असहायका लागि व्यक्तिगत रूपमा र नेपाली जनसम्पर्क समिति मार्फत सहयोग पु¥याएका छौं । जहाँ बसेर पनि हामी नेपाल र नेपालीको सहयोगका लागि प्रतिबद्ध छौं । अप्ठ्याराहरूमा हामी उहाँहरूको नजिकको मान्छे बनेर सहयोग गरिरहेका छांै । 
महामारी, विपत्तिको बेला बाहेक हामीले नेपालको शिक्षा, स्वास्थ्य र पुनर्निर्माणको क्षेत्रमा सहयोग गरिहेका छौं । प्रवासमा बसेर मातृभूमिको विकासका लागि सहयोग गर्न पाउनु गौरवको विषय हो । अहिलेसम्म त हामी कोभिड र यसको सेरोफेरोको विषयमा कुरा गरिरहेका छौं । अब कोभिडपछिको अवस्थाका बारेमा पनि चर्चा गर्नुे बेला भइसकेको छ । कतारको कुरा गर्ने हो भने, कोरोनाको सबैभन्दा धेरै असर होटेल र पर्यटन क्षेत्रमा परेको छ । त्यसैगरी अस्थायी क्षेत्रमा काम गर्ने श्रमिकहरू पनि यसबाट प्रभावित भएका छन् । कतार सन् २०२२ मा हुने फुटबल प्रतियोगिताको तयारीमा रहेकाले पुनर्निर्माणमा जुटेको छ, त्यसैले पर्यटन र होटेल क्षेत्रमा परेको असरलाई पुनर्निर्माणले समेट्न सक्नेमा आशावादी छौं । 
(सुवेदी नेपाली जनसम्पर्क समिति, कतारका प्रमुख सल्लाहकार पनि हुन् )

No comments:

Post a Comment